Like us!
Follow us!
Connect us!
Watch us!

विपक्षीसँगै उठे अमरेशले भने- देश ठूलो दुर्घटनातिर जाँदै छ

अर्थ संसार

मंगलबार, ३० असार २०८३, १२ : १८ मा प्रकाशित

विपक्षीसँगै उठे अमरेशले भने- देश ठूलो दुर्घटनातिर जाँदै छ

प्रतिनिधि सभाको बैठकमा सत्तारुढ दल रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकारको कामकारबाहीप्रति विरोध जनाएका छन्।

सभामुख डीपी अर्यालले बैठक सुरु गर्नासाथ विपक्षी सांसदहरूसँगै उभिएर विरोध जनाउँदै उनले देशमा जनतामाझ निराशा छाएको र राज्य संकटमा परेको बताए। उनले 'देशमा बाँच्न सकिन्न' भन्ने नकारात्मक भाष्य निर्माण नगर्न पनि सबैलाई आग्रह गरे। सांसद सिंहले संसदमा उपस्थित सम्पूर्ण राजनीतिक दलहरूलाई एकजुट भएर साझा राष्ट्रिय मुद्दाहरू तय गर्नसमेत आह्वान गरे।

उनले भने, ‘म सम्पूर्ण राजनीतिक दललाई, संसद्मा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दललाई र संसदबाहिर प्रतिनिधित्व गर्ने राजनीतिक दललाई, हामी यसलाई घोचपेचको विषय नबनाऔँ। राज्य, जनता, लोकतन्त्र रह्यो भने फेरि हामी राजनीति गरौँला, कोही सत्ता पक्षमा होला, कोही प्रतिपक्षमा होला। सत्ता र प्रतिपक्ष स्थायी होइन। जनतालाई भनौँ, हामी सम्पूर्ण दल मिल्यौँ भने मात्रै यो राष्ट्र बाँच्न सक्छ, यो संविधान बाँच्न सक्छ, यो देशको लोकतन्त्र बाँच्न सक्छ र देशको निराशा हट्न सक्छ। देश निर्माणको जिम्मा लिएर हामी सबै यहाँ उपस्थित भएका छौँ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको