अर्थ संसार, काठमाडौं– एनएमबि म्युचल फण्ड अन्तर्गत संचालित एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड एकको यही मंसिर १७ गते बुक क्लोज हुँने भएको छ ।
संस्थाले सेयरधनीलाई नगद लाभांश वितरण गर्नको लागि उक्त एक दिन इकाईधनी दर्ता किताब बन्द गर्न लागेको हो । संस्थाले आफ्ना इकाईधनीहरुलाई २१ दशमलब ०५ प्रतिशत नगद लाभांश दिने लागेको छ । फण्डले २०७४/७५को नाफाबाट सो मात्राको लाभांश वितरण गर्न लागेको हो ।
फण्डले आफ्ना इकाईधनीहरुलाई करसहित सो मात्राको नगद लाभांश दिन लागेको हो । उक्त निर्णय फण्डको सञ्चालक समितिको बैठकले गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस