Like us!
Follow us!
Connect us!
Watch us!

पीडित पुरुष धाउन थाले अदालत

विहीबार, १३ मंसिर २०७५, ०९ : २३ मा प्रकाशित

पीडित पुरुष धाउन थाले अदालत

अर्थ संसार, रोल्पा– रोल्पा जिल्ला अदालतमा गत भदौ १ गते यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउन थालेको रोल्पा जिल्ला अदालतले जनाएको छ ।

वैदेशिक रोजगारीबाट पठाएको पैसा दुरुपयोग गरेको, घर व्यवहार राम्रोसँग नचलाएको, लामो समयसम्म माइत बसेको जस्ता आरोपसहित ती पुरुषले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएको बताइएको छ ।

महिलाले मात्रै यस्ता मुद्दा दायर गर्ने गरेकामा पछिल्लो मुलुकी संहिताले पुरुषलाई समेत सम्बन्धविच्छेद गर्न सक्ने बाटो खुला गरेसँगै पुरुषले समेत मुद्दा दर्ता गर्न थालेको उक्त अदालतका तामेलदार डिठ्ठा झक्कुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

महिलाले दायर गर्ने सम्बन्धविच्छेदका मुद्दामा भने मादक पदार्थ सेवन गरी निरन्तर घरेलु हिंसा गरेको, बहुविवाह गरेको, घरमा खानलाउन नदिएको जस्ता आरोप हुने गरेको उहाँको भनाइ थियो ।

जिल्लामा उमेर नपुग्दै विवाह गर्नेहरु उमेर पुगेपछि सम्बन्धविच्छेदका लागि अदालत धाउने महिलाको सङ्ख्या अधिक रहेको उक्त अदालतका मेलमिलापकर्ता तीर्था आचार्यले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको