Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको ८.५० प्रतिशत नगद लाभांश पारित, शेयर कारोबार गर्न सहायक कम्पनी खोल्ने

आइतबार, २९ पुस २०७५, १७ : ०८ मा प्रकाशित

जनता बैंकको  ८.५० प्रतिशत  नगद लाभांश पारित,  शेयर कारोबार गर्न सहायक कम्पनी खोल्ने

अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेडको नवौं वार्षिक साधारणसभा आईतवार  सम्पन्न भएको छ ।

नवौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४\७५ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई रु. ६८,००,६६,८०३.२५/ (अक्षरेपी अड्साठी करोड, छैसाठी हजार आठ सय तीन र पैसा पच्चीस मात्र) बराबर अर्थात चुक्तापूँजीको ८.५० प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरिएको वासलात र नाफा–नोक्सान हिसावसहितको वित्तियविवरणहरु स्वीकृत गरेको छ ।

सो सभाबाट सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्नुका साथै, सञ्चालक समितिस्तरिय लेखापरिक्षण समितिको सिफारिसमा आर्थिक बर्ष २०७५\०७६ को लागि बाह्य लेखा परिक्षकमा SAR Associates, Chartered Accountants नयुक्त गर्ने निर्णय गरेको छ ।

सभाले सम्बन्धित निकायको स्वीकृतिमा बैक आफै वा सहायक कम्पनीमार्फत शेयर ब्रोकरेज सम्बन्धि कार्य गर्ने ब्यवस्था प्रवन्धपत्रमा थप गर्न स्वीकृत गर्नुका साथै, बैक र अन्य उपयुक्त बैक र वित्तीय संस्था एक आपसमा गाभ्न\गाभिन (मर्जर) वा स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जानका लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ । सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीको अध्यक्षतामा नुपमफुडल्याण्ड, बत्तीसपुतली, काठमाडौमा सम्पन्न भएको थियो ।

नवौ वार्षिक साधारण सभाको मितिसम्म आईपुग्दा बैकको निक्षेप संकलनरु. ६८ अर्ब र कर्जा लागानीरु. ६३ अर्ब पुगेको छ । बैकको पूर्व मेची देखीपश्चिम महाकालीसम्म १२९ शाखा, ५० शाखा रहित बैकिग केन्द्र , ७९ एटीएम सञ्चालनमा रहेको छ । बैकले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा रु. ३२ करोड (एनएफआरएस बमोजिम) मुनाफा आर्जन गर्न सफल भएको छ ।

5c3b2184edc0d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको