Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको नाफा ११० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानीमा छलाङ्ग

शुक्रबार, ०४ माघ २०७५, १४ : ४६ मा प्रकाशित

माछापुच्छ्रे बैंकको नाफा ११० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानीमा छलाङ्ग

अर्थ संसार,काठमाडौँ –  माछापुच्छ्रे बैंकले चालु आर्थिक बर्षको ६ महिनामा ११० प्रतिशतले नाफा बढाएको विवरण प्रकाशित गरेको छ । यो गत बर्षको पुससम्मको तुलनामा बृद्धि भएको नाफा हो।

बैंकले पुस मसान्तसम्ममा रु ७८ करोड १३ लाख नाफा गरेको छ भने अघिल्लो बर्ष रु ३७ करोड १६ लाख मात्रै नाफा गरेको थियो ।

छ महिनाको अवधिमा बैंकले रु ८५ अर्ब १७ करोड निक्षेप संकलन गरि रु ७४ अर्ब ६५ करोड ऋण लगानी गरेको छ । गत बर्षको यहि अवधिमा बैंकले रु ६५ अर्ब ७९ करोड निक्षेप संकलन गरि रु ६० अर्ब ७ करोड ऋण लगानी गरेको थियो।

खुद व्याज आम्दानी ५३ प्रतिशतले सुधार हुँदा रु एक अर्ब ६९ करोड आर्जन गरेको छ। व्याज आम्दानी ४१ प्रतिशतले बढ्दा व्याज खर्च रु ३५ प्रतिशतले मात्रै बढेको छ ।

बैंकको खराव कर्जा ०.११ प्रतिशत विन्दुले बढेर ०.४४ प्रतिशत पुगेको छ। प्रति शेयर आम्दानी रु ७ ले बढ्दा कूल रु  १९ पुगेको छ। आधार व्याज दर थप ०.११ प्रतिशत विन्दुले बढेर १०.९९ प्रतिशत पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको