अर्थ संसार, काठमाडौं– कावेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का भएको छ ।
कावेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक विच एक आपसमा मर्जर हुने भएपछि यही माघ ४ गतेदेखि शेयर कारोबार रोक्का भएको हो । दुई बैंक विच एकआपसमा गाभिने सम्बन्धमा हस्ताक्षर समेत भैसकेको छ ।
यी दुई बैंकको शाखा झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, पाँचथर र इलाम गरी प्रदेश १ सात जिल्लामा २८ शाखा रहेको र अनुकुल मिलेमा गाभिएको दुई वर्षभित्र १४ जिल्लामा शाखा विस्तार गर्ने लक्ष्य लिएको जानकारी दिए ।
साथै शेयरधनी ४ सय २२ र सर्वसाधारण शेयर संख्या २८ हजार पुग्ने छन् । दुवै बैंक गाभिएपछिको नाम सप्तकोशी डेप्लपमेन्ट बैंक लिमिटेड रहने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस