Like us!
Follow us!
Connect us!
Watch us!
सत प्रतिशत बोनस पाउने आशले स्टयान्डर्ड चार्टर्डमा ओइरिए लगानीकर्ता

बैंकको ब्याज तिर्ने अबधि सकिँदा पनि किन घट्यो बजार ?

आइतबार, ०२ माघ २०७३, १७ : १० मा प्रकाशित

बैंकको ब्याज तिर्ने अबधि सकिँदा पनि किन घट्यो बजार ?

अर्थ संसार

काठमाडौं–अर्धबार्षिक ब्याज भुक्तानी अबधि सकिएपछि सेयर बजार बढ्ने भनी गरिएको आँकलनविपरित माघको पहिलो कारोबार भएका दिन आइतबार शेयर बजार झिनो अंकले घटेको छ । यस दिन नेप्से  परिसूचक २.१४ अंकले घटेको छ । बजार १४७७.७२ अंकमा बन्द भएको छ। यस दिन कारोबार रकम निकै घटेको छ । दिनभरको कारोबार २७ करोड २९ लाखमा सीमित भएको छ । 

यतिखेर नेपाल लाइफ इन्स्योरेन्सको फर्दर पब्लिक अफरिङ (एफपिओ) मा बजारको रकम संकलन भएको छ । यसले बजार बढ्नुको साटो घट्दै गएको छ । 

विहान बजार खुल्नासाथ बजार केही बढे पनि विस्तारै घट्दै गएको थियो । यस दिन बैंकिङ मात्रै १.५९ अंकले बढेको छ। त्यसपछि होटल १.५९, विकास बैंक ६.९६, जलविद्युत १७.५९, बिमा ४४.५२ अंकले रातै भएका छन् । 

यस दिन स्ट्यान्डर्ड चार्टर्ड बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ । यस बैंकले एफपिओको प्रस्ताव गरेर मूल्य समेत सार्बजनिक गरेपछि लगानीकर्ताहरु तानिएका हुन् । ट्यान्डर्ड चार्टर्डको बोनस, एफपिओसमेत गर्दा ४ अर्बमात्र चुक्तापूँजी हुने भएकाले सबैले सत प्रतिशत बोनस दिने आंकलन गरेका छन् ।

यसले बैंकको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ।  बैंकको कारोबार ४ करोड ५५ लाख रुपैयाँको भएको छ । यसपछि सिद्धार्थ बैंक, लक्ष्मी बैंक, नेपाल लाइफ इन्योरेन्सलगायतको उच्च कारोबार भएको छ । यस दिन स्ट्यान्डर्ड चार्टर्डपछि हाम्रो विकास बैंक, भार्गब विकास बैंक लक्ष्मी बैंकलगायतको सेयर मूल्य उच्च दरमा बढेको छ ।  सबैभन्दा गुमाउनेमा प्रभु बैकका लगानीकर्ता छन् । कारोबार खुलेकै दिन प्रभुको सेयर ४३ रुपैयाँले घटेको छ । यसै गरी सहयोगी विकास बैंक, सगरमाथा इन्स्योरेन्सलगायतका लगानीकर्ताले उच्च दरमा गुमाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको