Like us!
Follow us!
Connect us!
Watch us!

कर्णाली डेभलपमेन्ट बैंकको ‘डीडीए’ हुने, दरभाउ पेस गर्न आह्वान

अर्थ संसार

बुधबार, २४ पुस २०८१, १५ : ०७ मा प्रकाशित

कर्णाली डेभलपमेन्ट बैंकको ‘डीडीए’ हुने, दरभाउ पेस गर्न आह्वान

कर्णाली कर्णाली डेभलपमेन्ट बैंकको सम्पति तथा दायित्व मूल्यांकन (डीडीए) हुने भएको छ । नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेन्ट कम्पनीलाई दरभाउ पेस गर्न आह्वान गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट खटिएको व्यवस्थापन समूहले माघ १० गतेभित्र नेपालगञ्जस्थित बैंकको केन्द्रीय कार्यालयमा दरभाउ पेश गर्न भनिएको छ ।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले गत पुस ११ गते बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरी व्यवस्थापन नियन्त्रणमा लिएको थियो ।

 

677e4441aaa7d.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको