Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंक र वन टु वाचबीच ब्रिज फाइनान्सिङ्ग व्यवस्था सम्बन्धी सम्झौता

बुधबार, १६ माघ २०७५, १९ : ०५ मा प्रकाशित

एनएमबि बैंक र वन टु वाचबीच ब्रिज फाइनान्सिङ्ग व्यवस्था सम्बन्धी सम्झौता

अर्थ संसार, काठमाडौं – एनएमबि बैंक र वन टु वाच बीच वन टू वाचका लगानी कम्पनीहरूका लागि ब्रिज फाइनान्सिङ्ग व्यवस्था सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी. र वन टू वाचका प्रबन्ध निर्देशक विलियम ग्रिमिङ्कबीच एनएमबि बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा आयोजित कार्यक्रममा यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौता अनुसार दुवै हस्ताक्षरकर्ता निकायहरूले ब्रिज फाइनान्सिङ्ग अन्तर्गत विदेशी लगानीको प्रतिक्षा गरिरहेका कम्पनीहरूको तत्कालीन वित्तीय आवश्यकता पूरा गर्ने दिशामा सहकार्य गर्नेछन् ।

वन टु वाचले लगानी अवसर सम्भावना रहेका कम्पनीहरूको पहिचान गर्ने तथा उनीहरूलाई विदेशी लगानीकर्ताहरूबाट लगानीका लागि सम्पर्क सञ्जाल उपलब्ध गराउने भूमिका निर्वाह गर्नेछ । एनएमबि बैंकले वन टु वाचका लगानी कम्पनीहरूलाई तिनले विदेशी लगानीको स्वीकृति नपाउन्जेलसम्मको अन्तरिम अवधिमा ब्रिज फाइनान्सिङ्ग उपलब्ध गराउने छ ।

यस सहकार्यका माध्यमबाट एनएमबि बैंक र वन टु वाचले विदेशी लगानी ल्याउने क्रममा आवश्यक नियमनकारी निकायको स्वीकृतिको चरणमा रहेका कम्पनिहरुलाई आवश्यक पर्ने अल्पकालीन वित्तीय अभाव पूरिपूर्ति गर्ने लक्ष्य लिएका छन् ।

ताजा समाचार

नबिल बैंकले कमायो सबैभन्दा बढी नाफा , प्रतिशेयर आम्दानी कति ? 

सानिमा बैंकको नाफा ९५ करोड, प्रतिशेयर आम्दानी भने यस्तो

नाफामा अब्बल बन्दै सनराइज बैंक, यस्तो छ प्रतिशेयर आम्दानी

निर्माण गर्ने भए धुर्मुस–सुन्तली फाउण्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सम्झौतामा हस्ताक्षर (फोटोफिचर)

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो म्याच भारत र पाकिस्तानको

शेयर बजार : झिनो अंकले घट्यो

यौनले धानेको थाइल्याण्डको पर्यटन उद्योग

‘कर्णालीको पानी, हाम्रो लगानी’ भन्ने नारासहित कर्णालीमा ५ सय मेगावाट विद्युत् उत्पादन गरिने 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको