Like us!
Follow us!
Connect us!
Watch us!

२० अर्ब चुक्ता पूँजी भएको पूर्वाधार विकास बैंक खुल्दै

मंगलबार, २९ माघ २०७५, १० : २७ मा प्रकाशित

२० अर्ब चुक्ता पूँजी भएको पूर्वाधार विकास बैंक खुल्दै

अर्थ संसार, काठमाडौं–पूर्वाधार बैंकलाई सञ्चालन स्वीकृति दिएकै दिन राष्ट्र बैंकले कार्यविधि पनि सार्बजनिक गरेको छ। यस्ता संस्थाहरुले पनि जोखिम भारित सम्पतिको ११ प्रतिशत न्यूनतम पूँजी कोष अनुपात कायम गर्नु पर्ने व्यवस्था गरिएको छ । कूल चुक्ता पूँजी रु २० अर्ब रहेको छ ।

अन्य बैंक तथा वित्तीय संस्थाहरुले जस्तै पूर्वाधार बैंकले पनि क्यापिटल एडुकेसी फ्रेमवर्क २०१८ अनुसार नै जोखिम निर्धारण गर्नु पर्ने ब्यवस्था गरिएको छ।

कम्पनीले तोकिएको पूँजी कोष कायम नगरेमा शिघ्र सुधारात्मक कारवाही गरिने छ। कम्पनीले शाखा खोल्नु पर्दा राष्ट्र बैंकलाई सोध्नु पर्ने छ। प्रत्येक प्रदेशमा एकरएक शाखा कार्यालय खोल्न सक्ने छन्।

विदेशमा सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न पनि सुविधा दिइएको छ। मुद्दति निक्षेपमा पैसा उठाउन पाउने छ। ब्याज दर तोक्ने जिम्मा ग्राहक र बैंक दुबैलाई दिइएको छ। ग्राहकले जहिले पनि झिक्न पाउने गरी मुद्दति खाता खोल्न पाइने छैन।

ऋणको ब्याज दर त्रैमासिक रुपमा निर्धारण गर्नु पर्छ। औषत ब्याज दर अन्तर ४ प्रतिशतभन्दा बढि हुन हुँदैन। कम्पनीले ५ बर्ष वा त्यसभन्दा माथिको निक्षेप मात्र उठाउन पाउँछ। १ करोड रुपैयाँ माथि मात्र निक्षेप उठाउन पाइन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको