Like us!
Follow us!
Connect us!
Watch us!

कहिले बाँडफाँट हुन्छ स्वस्तिक लघुवित्तको आईपीओ ?

अर्थ संसार

मंगलबार, १० भदौ २०८२, १५ : ०५ मा प्रकाशित

कहिले बाँडफाँट हुन्छ स्वस्तिक लघुवित्तको आईपीओ ?

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बिहीबार बाँडफाँट हुने भएको छ । कम्पनीले आईपीओ भदौ १२ गते बिहीबार बाँडफाँट हुने भएको हो । 

कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार बिहिबार बिहान आईपीओ बाँडफाँटको तयारी भइरहेको छ । आईपीओमा १९ हजार ५१९ जनाले १०÷१० कित्ता दरले आईपीओ हात पार्नेछन् । सोहि मध्यका ५ हजारले थप १÷१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् ।

कम्पनीले पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा गएका नेपालीहरूलाई आईपीओ बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ लाख ३१ हजार कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कुल २३ हजार १०० कित्ता आईपीओ निष्कासन गरेको थियो । निष्कासन अवधिभर रितपूर्वक आवेदन दिएका २ हजार ३१० जनालाई गत साउन १६ गते बिहानै १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिसकेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको