मंगलबार सेयर बजार सामान्य बढ्दा कारोबार रकममा भने गिरावट जारी रह्यो । आज सेयर बजारमा ४ अर्ब १८ करोड माथिको कारोबार हुँदा ५ वटा कम्पनीकै१ अर्ब २१ करोड भन्दा बढीको कारोबार भएको छ ।
आज सेयर बजारमा नेपाल रि इन्स्योरेन्स, हिमालयन रि इन्स्योरेन्स, एनआएन इन्फास्टक्चर डेभलपमेन्ट लिमिटेड, हिमालयन डिस्टिलरी र बुटव पावर कम्पनीको मात्रै १ अर्ब २१ करोड २५ लाख ७३ हजार ९९६ रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज सेयर बजारमा सबै भन्दा धेरै नेपाल रिको ४८ करोड ९५ लाख ७८ हजार २२४ रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यस्तै हिमालय रिको २१ करोड ७१ लाख १२ हजार ८७४ रुपैयाँको सेयर कारोबार भएको छ । मंगलकार एनआएन इन्फास्टक्चरको १९ करोड ४८ लाख ९४ हजार ८३४ रुपैयाँको कारोबार भएको छ । हिमायलन डिस्टिलरीको पनि आज १६ करोड ८४ लाख ९ हजार ३४३ रुपैयाँको र बुटवल पावरको १४ करोड २५ लाख ७८ हजार ७२१ रुपैयाँको सेयर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस