झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ । कम्पनीले पहिलो चरणमा निष्कासन गरेको आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३८ लाख १ हजार ९०० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकोमा आयोजना प्रभावितलाई ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५७ हजार २९ कित्ता आईपीओ निष्कासन गरेको थियो ।
आयोजना प्रभावितका लागि साउन १४ देखि २८ गतेसम्म र वैदेशिक रोजगारीमा रहेकाका लागि साउन १४ देखि १८ गतेसम्म आईपीओ बिक्री खुला गरिएको थियो । उक्त अवधिभर रीतपूर्वक आवेदन दिएकाहरूलाई भदौ ९ गते बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो ।
यससँगै अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस