अर्थ संसार
काठमाडौं–क्यान महासंघले आयोजना गर्ने सूचना प्रविधिको महामेला क्यान इन्फोटेकको तयारी पूरा भएको छ । महासंघले बुधबार पत्रकार गरी यसको जानकारीदिएको हो । महासंघले वर्षेनी आयोजना गर्दै आएको ‘सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ सामसुङ’ माघ १३ देखि १८ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा हुँदैछ ।
क्यान इन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स्लगायतका प्रदर्शकको सहभागीता रहने छ । क्यान ईन्फोटेकको मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र हलबाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहने छन् । यस्तै ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु १० गरी जम्मा २२२ स्टल रहने छन् । सबै स्टलहरु बुकिङ्ग भई सकेको क्यानले जनाएको छ ।
केके छन् मेलामा ?
मेलाको एशोसिएट प्रायोजक सामसुङले नेपालका लागि विशेष फिचर र डिजाइन भएका विभिन्न फोन प्रदशन गर्ने छन् । मुख्य आकर्षणको रूपमा अवलोकनकर्ताहरुले सि ९ प्रो र ए७–२०१७ मोडलका फोन अनुभव गर्न सक्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । त्यस्तै डायमण्ड स्पोन्सर नेपाल टेलिकमले मोबाइल प्रविधिको नयाँ फोरजी प्रदर्शन गर्ने छ । प्रिन्ट स्पोन्सर खल्तीले डिजिटल पेमेन्ट सिस्टमको प्रदर्शन गर्ने छ ।
प्रवेश शुल्क सय रुपैयाँ
मेलाको अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क १ सय रुपैयाँ तोकिएको छ । विद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिइने छ । माघ १७ गते सोमबार ‘विजनेश डे’ हुनेछ । उक्त दिनको प्रवेश शुल्क भने सबैलाई १ सय रुपैयाँ हुने छ । मेला अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोधसहितको नामावली आए विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
आम जनमानस माझ सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न अनलाईन टिकटको व्यवस्था छ । अनलाईन टिकट खरीदमा २० प्रतिशत छुटसमेत प्रदान गरिने आयोजकले जनाएको छ । अनलाइन टिकट can.org.np वा caninfotech.org.np मा लग अन गरी गर्न सकिने छ । अनलाइन टिकेटिङ एफवानसफ्ट ईन्टरनेशनल र ई–सेवासँगको सहकार्यमा गरिएको हो ।
मेलामा छुटैछुट
यस पटकको प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट विशेष छुटसहितको प्याकेज तथा हाइ स्पिड इन्टरनेट उपलब्ध हुने आयोजकले जनाएको छ । टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुले आकर्षक अफर लिएर आउंदैछन् । बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि सहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध हुनेछन् । नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट तथा अन्य उपकरणहरु प्रदर्शनीमा उपलब्ध हुनेछन् ।
त्यस्तै हाल उपलब्ध सफ्टवेयरहरुमा नयाँ भर्जन सहितको अपडेट मोडल उपलब्ध हुनका सथ साथै नयाँ कम्पनी तथा उत्पादनहरुको समेत थालनी यसै प्रदर्शनीमार्फत हुने बताइएको छ । मेलाले स्मार्ट टेक्नोलोजीको प्रबद्र्धनमा जोड दिनुका साथै देशमा डिजिटलाइजेशनको विस्तार गर्ने उद्देश्यसहित इ गभर्नेन्स, इ टुरिज्म, इ हेल्थ, इ एग्रिकल्चर य अवधारणाको विकासमा टेवा पुग्ने क्यान महासंघका अध्यक्ष विनोद ढकालले बताए ।
एसएमएसबाट सामानबारे जानकारी
‘सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ’ मा प्रदर्शनी गरिने सामान तथा सेवाहरुबारे एसएमएसबाट पनि जानकारी प्राप्त गर्न सकिने छ । यसको लागि आफ्नो मोबाईलको म्यासेज बक्समा गएर क्यान स्पेस आफूले खरीद गर्न चाहेको सामान वा ब्रान्डको नाम वा सर्भिसको नाम टाईप गरी ३५००१ मा पठाउनु पर्नेछ ।
प्रदर्शनीस्थलको सुरक्षालाई ध्यानमा राखी प्रुडेन्सियल इन्स्योरेन्सको तर्फबाट एकमुष्ठ बीमाको व्यवस्था गरिएको छ । प्रदर्शनीस्थल तथा परिसर सीसीटीभीको माध्यमबाट क्यामेराको निगरानीमा रहनेछ ।
मेलामा प्रायोगकको ओइरो
सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङको यस संस्करणको अफिसियल बैक सन्राइज बैंकले टिकट काउन्टरको व्यवस्थापन गर्ने भएको छ । प्रदर्शनी स्थलमा सन्राइज बैंककोे एटिएम सुबिधासमेत रहेने छ । मेलाको यस संस्करणको शीर्ष प्रायोजक सुविसु तथा एशोसिएट प्रायोजक सामसुङ छ । त्यस्तै प्लाटिनम स्पोन्सर मर्कन्टाईल, डायमण्ड स्पोन्सर नेपाल टेलिकम, गोल्ड स्पोन्सर हुवावे र ओप्पो मोबाईल, सिल्भर स्पोन्सरहरु नेटिस, एस पावर, एमआई स्मार्ट फोन र लेनोभो तथा प्रिन्ट स्पोन्सरमा खल्ती रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस