Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको १० प्रतिशत बोनस शेयर सूचिकृत

मंगलबार, १४ फागुन २०७५, १० : २६ मा प्रकाशित

एनआईसी एशिया बैंकको १० प्रतिशत बोनस शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं– यस एनआई सी एशिया बैंक लिमिटेडको १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज  (नेप्से) मा सूचिकृत भएको छ ।

बैंकको गत पुष ४ गते बसेको २१ औं साधारणसभाबाट पारित १० प्रतिशतबोनस शेयर संख्या ८०,३१,११७ कित्ता शेयर मिति फागुन ९ गते एक्सचेन्जमा सूचिकृत हो ।  सो पश्चात् बैंकको जारी  तथा चुक्ता पूँजी रु. ८,८३४,२२८,६९८ रहेको छ ।

बैंकको केही शेयर अझै अभौतिकरण भइनसकेको परिप्रेक्ष्यमाउक्त शेयरहरू अभौतिकीकरण गर्न बैंकले शेयर धनीमहानुभावहरूमा आग्रहसमेत गरिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २७७ शाखा कार्यालयहरु, २९० एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ ।

बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७१ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब रू. १४९ अर्ब सहितनिजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हाल यस बैंकमा ग्राहकको संख्याकरिब १४ लाख ५० हजाररहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

बैंकले हरेक सम्भावितबजार क्षेत्रमा आफ्नाग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा  ए. टि. एम. विस्तारित काउण्टर, शाखा रहित बैंक सेवा लगायतका मार्फत आफ्नो उपस्थिती थप मजबुत बनाउने योजना अगाडि सारेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको