Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको आइपीओ बुधबार बाँडफाँट हुँदै

आइतबार, १९ फागुन २०७५, १७ : ०५ मा प्रकाशित

शिवम् सिमेन्टको आइपीओ बुधबार बाँडफाँट हुँदै

अर्थ संसार,काठमाडौं – शिवम् सिमेन्टको साधारण शेयर (आइपीओ) बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइपीओ बुधबार बाँडफाँट हुने तय भएको छ ।

शिवमले सर्वसाधारणलाई ४१ लाख २० हजार कित्ता आइपीओ बिक्री गरेको हो । यसमा ५१ हजार ८८२ जनाबाट ५१ लाख ८९ हजार ५६० कित्ताका लागि आवेदन परेको छ ।
 
यस्तै, आयोजना प्रभावित स्थानीयलाई ५ लाख ७९ हजार ६४० कित्ता आइपीओ खुला गरिएकोमा १ हजार ८९७ जनाले ४ लाख ८५ हजार ३०५ कित्ताका लागि आवेदन दिएका छन् ।

यसर्थ, स्थानीयले आवेदन नदिएको ९४ हजार ३३५ कित्ता सेयर सर्वसाधारणले पाउने गरी आवेदन बन्द गरिएको छ । सर्वसाधारणतर्फ माग भन्दा बढी आवेदन परेकाले उनीहरुलाई वितरण गर्न समस्या हुनेछैन ।
 
कम्पनीले कुल ४४ लाख कित्ता आइपीओ खुला गरेको मध्ये २ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । यस्तै, सामूहिक लगानी कोषलाई पनि २ लाख २० हजार कित्ता नै छुट्याइएकोमा ६० हजार कित्तामात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्रीमा ल्याएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको