Like us!
Follow us!
Connect us!
Watch us!

चाडबाडमा सुरक्षा संयन्त्र बलियो बनाउँदै प्रहरी

शुक्रबार, १४ असोज २०७३, १६ : ०० मा प्रकाशित

चाडबाडमा सुरक्षा संयन्त्र बलियो बनाउँदै प्रहरी


अर्थ संसार 
काठमाडौं । चाडवाडको वेलामा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विषेष योजना सार्वजनिक गरेको छ । प्रहरीले दशैं, तिहार र छठलाई केन्द्रित गरी तीन तहको विषेष सुरक्षा योजना शुक्रबार सार्वजनिक गरेको छ । 
सार्वजनिक गरिएको तीन तहको सुरक्षा योजनामा बर्दीका प्रहरी, शादा पोसाकका प्रहरी र प्रविधियुक्त टिमको परिचालन छ । काठमाडौं परीसर प्रमुख एसएसपी बिक्रम थापाले चाडवाडको समयमा काठमाडौंमा ४ हजार भन्दा बढी प्रहरी परिचालन गरिने जानकारी दिए । 

 

उनले प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्वीक रेस्पोन्स टिम (क्युआरटी) र साइकलमा समेत प्रहरी परिचालन गरिने पनि जानकारी दिए । प्रहरीले सिमा नाका र अपराधिक गतिविधि बढी हुने स्थानमा तालमिप्राप्त कुकुरहरु पनि परिचालन गरिने छ । 

 

अपराध महाशाखाले सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्नेछ । सादा पोसाकका प्रहरीले चोरी नियन्त्रण, स्न्याचिङ, बसपार्कको टिकटमा हुने कालोबजारी र नाका(नाकामा बिशेष सूचना संकलकको काम गर्नेछन् । एसएसपी थापाले काठमाडौंका ३३५ स्थानमा सीसीटिभी जडान गरिएको जानकारी दिए । यसअघि २८० स्थानमा यो सुविधा थियो । साथै प्रहरीले चाडबाडमा जुवातास र पटका पट्काउन निषेध गरिएकाको समेत प्रहरीले जानकारी दिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको