Like us!
Follow us!
Connect us!
Watch us!

नीजि क्षेत्रबाट लगानी सम्मेलनमा छनौट परेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना

आइतबार, १० चैत्र २०७५, १० : १९ मा प्रकाशित

नीजि क्षेत्रबाट लगानी सम्मेलनमा छनौट परेको  ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना

अपी पावर कम्पनीले आफ्नो सहायक कम्पनी अपी चमेलिया पावर लिमिटेड मार्फत नयाँ आयोजनाको रुपमामा थिल्लो ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य आगामी आर्थिक वर्षबाट सुरु गर्ने भएको छ ।

सुदुर पश्चिमाञ्चल क्षेत्रको दुर्गम जिल्लामा अवस्थीत आयोजना हो । यो आयोजना कम्पनीले निर्माण गरेको यो तेस्रो आयोजना हो । यस भन्दा पहिले सोही क्षेत्रमा कम्पनीले क्रमश ८.५ मे.वा.क्षेमताको नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत २ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय प्रणाली विद्युत प्रवाह गर्दे आएको छ । साथै आगमी चैत मसान्तभित्र ८ मे.वा.क्षेमताको माथिल्लो नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुदैछ ।

सो आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । यो आयोजना नेपाल सरकार नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया बलाच १३२ के.भि.ट्रान्समिसन लाइनमा जडान गरिनेछ । यो आयोजनाबाट बार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ ।

उत्पादित विद्युतमध्ये ३० प्रतिशत हिउँदाका दिनमा र बाँकी ७० प्रतिशत बर्षात महिनामा उत्पादन हुनेछ । यो आयोजना नेपाल विद्युत प्राधिकरणको ३० मे.वा. क्षमताको चमेलिया जलविद्युत आयोजना भन्दा १८ किलोमिटर माथी रहेको छ । अपि हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा यस आयोजनाको बाँध बनाई ५.५ किलोमिटर लामो ३ मिटरको पेनिस्टक पाइपको सहायाताले चमेलिया नदिको पानी फर्काई यो आयोजना निर्माण गरिनेछ ।

(आयोजनाको बाँध निर्माण स्थल) यो आयोजना निर्माणको लागीजम्मा रु. ७४० करोड लगानी लाग्ने अनुमान छ । यसको ३० प्रतिशतले हुने रु. २२२ करोड शेयरधनीको लगानी र बाँकी रु. ५१८ करोड बैंक तथा वित्तिय संस्थाहरुबाट सह वित्तियकरण मार्फत ऋण लगानी गरिनेछ । यो आयोजनाको निर्माण कार्य २०७६ मंसिर देखि सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

सुदुर पश्चिमाञ्चल प्रदेशको आर्थिक विकासको मेरुदण्ड भनेको यहाँ रहेको अपार जलश्रोत हो । यहाँ उत्पादन हुने विद्युतशक्ति सहज ढंगले भारतिय बजारमा पठाउन सकिने आधारशिलाहरु उपलब्ध छन् । अहिले हामी भारतबाट विद्युत खरिद गरी देशको माग परिपूर्ति गरिरहेका छौं । यसमा परिवर्तन ल्याउन सकिने संभावना रहेको छ ।

यो आयोजना यस मार्गमा महत्वपूर्ण कोशो ढूँगा सावितहुनेछ । साथै लगानी मैत्री सुदूर पश्चिमाञ्चलमा रहेको अपार जलश्रोतको उपायोग गरि देशलाई उर्जामा आत्मनिर्भर गर्न सकिनेछ । यो आयोजनाको निर्माण पश्च्यात सुदूर पश्चिमको मुहार फेरिने कुरामा दुई मत छैन ।

स्मरण रहोस् यो आयोजना सरकारले गर्ने लागेको लगानी सम्मेलनमा समेत नीजि क्षेत्रबाट विकास गरिएको आयोजनामा छनौट समेत भएको छ । सरकारले लगानी मैत्रीवातावरण बनाउन सकेमा आगामी दिनहरुमा कम्पनीले लगानी योग्य आयोजनाहरु बनाउँदै जाने छ ।

यसैआर्थिक वर्षमा कम्पनीले विकास गरेका विभिन्न सोलार परियोजना समेत अगाडी बढाईनेछ । कम्पनीले निर्माण गर्न लागेको चमेलिया जलविद्युत आयोजनाको शेयर सर्वसाधारण लगानीकर्ताको लागी आव्हान समेत गरेको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको