साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । अघिल्ला दुई दिन पनि बढेको बजार आज भने ५३.०१ अंकले बढेको हो । यो अघिल्लो दिनको भन्दा १.९१ प्रतिशतले धेरै हो ।
धेरै पछि सेयर बजारले २८०० विन्दु पार गरेको छ । आज नेप्से परिसूचक २८१९.१० विन्दुमा पुगेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ८.५२ अंकले बढेर ४८३.४२ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटै उपसूचक हरियो देखिएको छ । आज बजारमा २३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको सेयर मूल्य भने घटेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिन ४ अर्ब १८ करोड माथिको कारोबार भएको बजारमा आज ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज सेयर बजारमा ३२१ कम्पनीका १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर ७२ हजार ५२८ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो ।
आज विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस