बुधबारको सेयर कारोबार जारी रहँदा विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो सहित यो कम्पनीको सेयर मूल्यमा लगातार ७ औँ दिन पनि सकारात्मक सर्किट लागेको हो ।
आज यो कम्पनीको सेयर मूल्य ४७ रुपैयाँले बढेर ५१७ रुपैयाँ २० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । भदौ ४ गतेदेखि कारोबारमा आएको यो कम्पनीको सेयर मूल्य त्यस पछि लगातार रुपमा सकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस