Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा रमेन्द्र रायमाझी नियुक्त

आइतबार, १० चैत्र २०७५, १८ : १९ मा प्रकाशित

एनआईसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा रमेन्द्र रायमाझी  नियुक्त

अर्थ संसार, काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडको ५५ औ सञ्चालक समितिको बैठकको निर्णय अनुसार एनआई क्यापिटलको प्रमुख कार्यकारी अधिकृत पदमा  रमेन्द्र रायमाझीलाइ नियुक्त गरिएको छ ।

रायमाझीले विगत ११वर्ष भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रको अनुभव हासिल गर्नु भएको छ । विगतको कार्य सम्पादन तथा कार्य अनुभवहरुबाट उहाँको कार्यकालमा,उहाँको नेतृत्वमा क्यापिटलको समग्र व्यवसायमा बिस्तार हुनुका साथै क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सुविधाहरुमा उत्कृष्ट रहने विश्वास यस  लिइएको छ ।  

एनआईसी एशिया क्यापिटलले सेवाग्राहीको सहजतालाई शिरोपर गर्दै उच्चतम प्रविधि तथा उत्कृष्ट जनशक्तिको सहायताबाट गुणस्तरीय, सेवाप्रदान गर्दै आईरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको