Like us!
Follow us!
Connect us!
Watch us!

गणपति माइक्रोफाइनान्सले खोल्यो ४ वटा शाखा

सोमबार, १८ चैत्र २०७५, १५ : ०५ मा प्रकाशित

गणपति माइक्रोफाइनान्सले खोल्यो ४ वटा शाखा

अर्थ संसार, काठमाडौं– गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सोमबार लालबन्दी नगरपालीका वडा नंं.०१ स्थित नवलपुर सर्लाही, फिक्कल गाउँपालिका वडा नंं.०४ स्थित खाङसाङ सिन्धुली, सुनकोशी गाउँपालिका वडा नंं.०३ स्थित रातमाटा, सिन्धुली र शिबराज नगरपालीका वडा नं. ०३ स्थित खरेन्द्रपुर, कपिलवस्तुमा गरी ४ (चार) नयाँ शाखा स्थापना गरेको छ ।

नवलपुर शाखा कार्यालयको उद्घाटन लालबन्दी नगरपालीका वडा नं.०१ का अध्यक्ष  पंञ्चलाल श्याम्बो, खाङसाङ शाखा कार्यलयको उद्घाटन फिक्कल गाउँपालिका वडा नं.०४ का अध्यक्ष  धन बहादुर कार्की, रातमाटा शाखा कार्यलयको उद्घाटन सुनकोशी गाउँपालिका वडा नं.०३ का अध्यक्ष  राम चन्द्र आचार्य र खरेन्द्रपुर शाखा कार्यलयको उद्घाटन शिवराज नगरपालिका वडा नं.०३ का अध्यक्ष  टेक बहादुर तिवारीले गर्नु भएको थियो । यो संगै वित्तीय संस्थाको शाखा संख्या २८ (अठाइस) पुगेको छ ।

हाल सम्म यस वित्तीय संस्थाले १५ जिल्लामा जम्मा १४,२५६ घर परिवारमा वित्तीय सेवा पुर्याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ७५ करोड ९५ लाख ५९ हजार रहेको छ । साथै वित्तीय संस्थाले रु २१ करोड २९ लाख बचत संकलन गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको