Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण

मंगलबार, १९ चैत्र २०७५, ०८ : ०२ मा प्रकाशित

नेपाल बैंकको शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण

नेपाल बैंक लिमिटेडले चालू आवको दोस्रो त्रैमासमा रू. १ अर्ब ६६ करोड खुद मुनाफा आर्जन गरेको छ । नाफा गत आवको सोही अवधिको तुलनामा करीब ८ प्रतिशत वृद्धि भएको हो ।

बैंकको वितरणयोग्य नाफा गत आवको तुलनामा ३ दशमलव ७५ प्रतिशत घटेर रू. १ अर्ब ५७ करोडमा सीमित भएको छ । बैंकको खुद ब्याज आम्दानी ७ प्रतिशत र सञ्चालन मुनाफा २६ प्रतिशत बढेपछि नाफा सामान्य बढेको हो । बैंकको खुद ब्याज आम्दानी रू. ३ अर्ब १६ करोड पुगेको छ भने सञ्चालन मुनाफा रू. २ अर्ब ३१ करोड पुगेको छ ।

नेपाल बैंक : कम्पनी विश्लेषण (आइतवार, १० चैत २०७५) बैंकको चुक्तापूँजी गत आवको तुलनामा २२ प्रतिशत बढेर रू. ९ अर्ब ८१ करोड पुगेको छ । नेपालको संस्थागत बैंकिङ इतिहासमा पहिलो बैंकको रूपमा १९९४ कात्तिक ३० गतेदेखि नेपाल बैंकले आफ्नो व्यवसाय विस्तार गरेको थियो । कम्पनीले हालसम्म २०७४/७५ को साधारणसभा गर्न शेयरधनीलाई बोलाएको छैन । कम्पनीले शनिवारसम्म सभाका लागि कुनै सूचना दिएको छैन । कम्पनीले गत आवको नाफाबाट कति लाभांश प्रस्ताव गर्छ भन्नेमा शेयरधनी अलमलिएका छन् । पुस मसान्तसम्म गरिसक्नुपर्ने सभा चैतमा समेत नबोलाउने संकेत देखिन्छ । कम्पनीले ८ वर्षदेखि शेयरधनीलाई लाभांश दिएको छैन । कम्पनीले प्रतिकित्ता रू. २८० मा एफपीओ जारी गरेको थियो ।

आधारभूत विश्लेषण बैंकले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • पुस मसान्तसम्ममा कम्पनीले रू. १ खर्ब ५ अर्व निक्षेप संकलन गरेको छ । सोही अवधिमा रू. ८५ अर्ब ७९ करोड कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप १५ प्रतिशत र कर्जा प्रवाह ९ प्रतिशत वृद्धि भएको हो ।

  • कम्पनीले रू. ५ अर्ब २५ लाख ब्याज आम्दानी गरेको छ भने रू. १ अर्ब ८३ करोड ब्याज खर्च भएको छ । कर्मचारी खर्च र रू. १ अर्ब २२ करोड भएको छ । अन्य सञ्चालन खर्च रू. २७ करोड ५६ लाख भएको छ । पूँजीकोष पर्याप्तता १५ दशमलव ९८ र पूँजीकोष लागत ३ दशमलव ५८ प्रतिशत रहेको छ ।

  • कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. ३३ दशमलव ८७ रहेको छ । साथै मूल्य आम्दानी अनुपात ८ दशमलव ७७ गुणा, तरलता अनुपात २७ दशमलव २६ प्रतिशत र प्रतिशेयर शेयर नेटवर्थ रू. ३ सय दशमलव २८ छ । बिहीवारको शेयरमूल्य रू. २९० कायम भएको छ ।

  • अर्निङ पावर रेशियो : ०.०११ गुणा

  • अर्निङ यिल्ड रेशियो : ११.६७

निष्कर्ष 
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिन म्याचिङ लो आकृति भएको मैनबत्ती बनेको छ । यस अकृतिले आगामी दिनमा शेयरमूल्य अनिश्चित हुने संकत गदर्छ । अन्तिम ३ दिनको कारोबारमा बलियो टेवा पाउको देखिन्छ । पहिलो दिन शेयरमूल्य बढेर उच्च रू. २९६ सम्म पुगेको थियो । दोस्रो दिन रू. २८९ र तेस्रो दिन रू. २९२ सम्म पुगेको थियो । बजार घटेसँगै शेयरमूल्यमा पनि उतारचढाव आएको हो । ३ दिन एकै मूल्य रू. २९० मा बन्द भएको छ भने ३ दिनमा शेयरमूल्य रू. २८९ सम्म तल पुगेको छ, जसअनुसार कम्पनीको शेयरमूल्य आइतवार बजार बढेमा थोरै बढ्न सक्ने संकेत देखिन्छ भने बजार स्थिर रहेमा वा घटेमा शेयर मूल्य अझै घट्ने देखिन्छ ।

आरएसआई न्युट्रल जोन ५२ दशमलव ७३ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन शून्य दशमलव ९७ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि छ । पछिल्लो शेयरमूल्य रू. २ सय ९० देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. २ सय ९४ मा प्रतिरोध पाउने र सस्तिएमा रू. २ सय ८२ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको