Like us!
Follow us!
Connect us!
Watch us!

हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य समायोजन

अर्थ संसार

शुक्रबार, १३ भदौ २०८२, ०७ : ४३ मा प्रकाशित

हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य समायोजन

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सेयरमूल्य नेप्सेमा समायोजन भएको छ। कम्पनीले प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयरपछि सोमबारदेखि दोस्रो बजारमा नयाँ दर लागू भएको हो।

समायोजनपछि कम्पनीको प्रतिकित्ता मूल्य ११२४.१० रुपैयाँमा झरेको छ। यसअघि आइतबारसम्म अन्तिम कारोबार मूल्य १२५८.९९ रुपैयाँमा बन्द भएको थियो।

गत आर्थिक वर्षको नाफाबाट कम्पनीले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेको छ। यो प्रस्ताव अनुमोदन गर्नका लागि कम्पनीले भदौ २५ गते राजधानीको आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजे १७ औं वार्षिक साधारण सभा बोलाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको