अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंक लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड सुन्धारा, काठमाण्डौं बीच बैँकास्यारेन्स सेवा प्रदान सम्बन्धि सम्झौता भएको छ ।
सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गर्नुभयो ।
हालै ज्योति विकास बैकले हाम्रो बिकास बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार सुरुवात गरेको छ सो पश्चात् ज्योति विकास बैंकको ग्राहक संख्या २ लाख ४० हजारभन्दा बढि, निक्षेप २६अर्व ३८ करोड र कर्जा रु २३ अर्व ५७ करोड पुगेको छ भने शाखा संख्या ९५, ब्त्ः संख्या २३ र एक्स्टेन्सन काउन्टर संख्या २ पुगेको छ ।
बैंकको चुक्ता पँुजी रु ३ अर्व १० करोड पुगेर चुक्ता पँुजीको हिसावले देशकै ठुलो विकास बैंक बन्न सफल भएको छ । साथै यसै आर्थिक वर्ष भित्र थप २ वटा नयाँ शाखा तथा थप २६ स्थानमा ब्त्ः संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस