अर्थ संसार, काठमाडौं– “बैकपनि, साथीपनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ आमजनस मुदायमा केन्द्रित बैकिङ्ग सेवाप्रदान गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो शाखा संञ्जाल भएको, एनआई सी एशिया बैंकले २१ वर्ष पुरा गरि २२ औ वर्षमा प्रवेश गर्न लागेको पुनित अवसरमा सर्वाधिक उच्च ब्याजदरको अलवा २२ वटा चमत्कारीक विशेषताहरु रहेको बिभिन्न १५ नयाँ बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।
सवै तह र तप्काका आदरणिय ग्राहक महानुभावहरुलाई उपयुक्त “चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता,चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता तथा कर्मचारीहरुलाई केन्द्रित गरि ल्याईएको चमत्कारिक तलब बचत खाता आमजनमानसको बचत गर्ने बानीलाई अभि बृद्दि गर्ने बिश्वास बैँकले लिएको छ ।
उपरोक्त उल्लेखित निक्षेप योजनाहरुमा ग्राहक महानुभावहरुले रु १५लाखसम्मको दुर्घटना बिमा र रु १५लाखसम्मको १८ घातक रोगहरुको बिमातथा रु १ लाख ५० हजार सम्मको औषधि उपचार बीमा सुविधा समेत प्राप्त गर्न सक्नु हुनेछ । साथै कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएको उक्त योजनाहरुमा २२ चमत्कारिक फाइदाहरु सहित ल्याइएको योजनाले उपरोक्त उल्लेखित सबै क्षेत्र, भेग, तह र तप्काले फाइदा पुग्ने बिश्वास बैंकले लिएको छ ।
यो चमत्कारिक बचत निक्षेपखाताहरु बैंकको मुलुकभरी रहेको आफ्ना२८१ वटै शाखा कार्यालयहरु, अनलाइनबाट हाम्रा आदरणीय ग्राहक महानुभावहरुले सहज रुपमा बिना झन्झट खोल्न सक्नुहुनेछ ।
बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा माथी उल्लेखित सुविधाहरुको अतिरीक्त नेपालमै पहिलो पटक Sweep In – Sweep Out को सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाईने छन ।देशैभरी रहेका कुनैपनि बैंकको कुनै पनि एटिएम बाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदा लगायत चमत्कारिक फाइदाहरु समेत प्रदानगरिने गरी चमत्कारिक वचत खाताहरुको योजना ल्याइएको छ ।
चमत्कारिक बचत योजना अन्र्तगत रहेको चमत्कारिक विशेषताहरुका अतिरीक्त थप फाइदाहरु सहित सबै तह र तप्काका आदरणीय ग्राहकमहानुभावहरुलाई अतिरीक्त फाइदाहरु प्रदान गर्ने उद्देश्यले बैंकले यस्ता अन्य प्रकारका चमत्कारिक बचत योजनाहरु समेत सार्वजनिक गरेको छ ।
जस अन्र्तगत सुन तथा चाँदीका सिक्काहरु प्रदानगर्ने योजनाका साथ चमत्कारिक नारी वचत योजना, घरमै बैंकिङ्ग सुविधा प्रदानगर्न सक्ने थप सुविधा तथा छुट्टै कर्मचारी संयन्त्र सहितको चमत्कारिक जेष्ठ नागरिक बचत योजना तथा थप चमत्कारिक सुविधाका साथ चमत्कारिक बाबुनानी बचत योजना , चमत्कारिक बिद्यार्थी बचत योजना रआमकर्मचारी वर्गलाई सहुलियत दरमाकर्जा प्रदानगर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा प्रदानगर्ने चमत्कारीक फाइदाहरुको साथ चमत्कारिक तलब बचत योजना बैंकले सार्वजनिक गरेकोछ ।
मुलुकभर २८१ शखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १५ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।
साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस