अर्थ संसार, काठमाडौं - जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निश्कासन गर्ने भएको छ ।
संस्थाको ४ लाख ६३ हजार कित्ता आइपीओ आउने भएको हो । कम्पनीले जारी पुँजीको ३० प्रतिशत आइपीओ सर्वसाधारणलाई बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डबाट अनुमति पाएपछि आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।
जनसेवीको जारी पुँजी १४ करोड रुपैयाँ छ । यसमध्ये ९ करोड ८० लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । जनसेवीको आइपीओमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
यो आइपीओलाई इक्रा नेपालले औसत भन्दा कम आधार जनाउने ग्रेड ४ रेटिङ दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस