अर्थ संसार, काठमाडौं- ज्योति विकास बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुरुप खोलौं. बैंकमा खाता कार्यक्रम अनुसार “समृद्धिसंग जोडौं नाता, सबै नेपालीको बैंक खाता” नाराका साथ थालिएको अभियानलाई सहयोग पुर्याउने उद्देश्य अनुरुप आधुनिक बैकिङ्ग सुविधा सहितनयाँ बचत खाता “ज्योति समृद्धिबचत खाता” संचालनमा ल्याएको छ ।
वार्षिक ७% ब्याजदर दिने यस बचत खातामा अन्य बैंक वित्तीय संस्थाहरुमा खता नहुने ग्राहकहरुले खता खोलेमा रु. १०० बैकको तर्फबाट प्रदान गरिने र ABBS, C-ASBA, Internet Baking जस्ता सेवाहरु निःशुल्क गरेको छ भने लकर सुविधामा पनि बिषेश छुट दिइएको छ ।
यस विकास बैंक ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवाप्रदान गर्न सदैव कटिबद्ध रहेको छ। बैंक संचालनमा आएको दशौंवर्षमा बैंकको छवि बजारमा स्थापित गर्न सफल यस बैंकको हाल बैंकले ९६ वटा शाखा २ वटा एक्स्टेन्सन काउन्टर एवं २३ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमानै बैंकको ५ वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ ।
हालसम्म बैंकले करिब २लाख १६हजार ७ सय २७ भन्दा बढि खाताबाट २७अर्व २० करोड निक्षेप संकलन गरी १५हजारभन्दा बढि ऋणी मार्फत २३अर्व ९० करोड ऋण लगानीगर्न सफल भएको छ ।
नुवाकोटकमा केन्द्रीय कार्यालय रहेको हाम्रो विकास बैंकलाई प्राप्ति गरी गत २०७५ चैत्र १५ गतेबाट एकिकृत कारोवार संचालन गरे पश्चात विकास बैंकको कुल चुक्तापूँजीरु.३अर्व १० करोड पुगेकोछ, जस अनुसार चुक्ता पूँजीका आधारमा सबैभन्दा बढी चुक्ता पूँजीभएको विकास बैंक हुनपुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस