Like us!
Follow us!
Connect us!
Watch us!
सनराइजको बोनस, माउन्ट मकालु र गुहेश्वरीको हकप्रद सूचिकृत

नेप्सेमा थपियो एकै दिन १ करोड ३७ लाख कित्ता सेयर

मंगलबार, ११ माघ २०७३, ०९ : ४२ मा प्रकाशित

नेप्सेमा थपियो एकै दिन १ करोड ३७ लाख कित्ता सेयर

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सोमबार १ करोड ३६ लाख ७१ हजार ७ सय ७७ कित्ता सेयर कारोबारका लागि थपिएको छ ।

यस दिन माउन्ट मकालु डेभलपमेन्ट र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको हकप्रका साथै सनराइज बैंकको ३३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । 

नेप्सेका अनुसार माउन्ट मकालुको ३ लाख ९० हजार कित्ता, गुहेश्वरीको २८ हजार २ सय ८९ कित्ता हकप्रद र सनराइज बैंकको १ करोड ३२ लाख ५३ हजार ४ सय ८८ कित्ता बोनस सेयर सूचिकृत भएको हो । यी कम्पनीका हकप्रद र बोनस सेयर पाउने सेयरधनीले अब नेप्सेमा किनबेच गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको