सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपपरिषद् बैठकले सशस्त्र प्रहरी नायज महानिरीक्षकहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको १ वर्ष पदावधि थप गर्ने निर्णय समेत गरेको छ ।
बैठकले पुस २६ र २७ गते (शुक्रबार र शनिबार) हुने नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकका लागि वार्ता तथा छलफलको कार्यसूची स्वीकृत गरेको छ । यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
आगामी फागुन १२ देखि १५ गतेसम्म रोम, इटालीमा हुने जनवायु परिवर्तनसम्बन्धी कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
त्यस्तै बैठकले सहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काजमा खटाउने निर्णय गरेको छ ।
यस्ता छन् बैठकले गरेका निर्णय :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस