Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकले यसरी मार्यो नाफामा छलाङ्ग

विहीबार, १२ बैशाख २०७६, १२ : ०३ मा प्रकाशित

सिद्धार्थ बैंकले यसरी मार्यो नाफामा छलाङ्ग

अर्थ संसार, काठमाडौं– सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ५९ करोड २९ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

सोही अवधिमा बैंकले  गत वर्ष  १ अर्ब ३८ करोड ६ लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा १५.३८ प्रतिशतले वृद्धि गरेको हो । बैंकको चुक्तापूँजी ८ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । 

तेस्रो त्रैमाससम्ममा बैंकको वितरण योग्य नाफा भने ८९ करोड ५३ लाख ९७ हजार रुपैयाँ रहेको छ ।

सिद्धार्थले खुद ब्याज आम्दानी ४३.९८ प्रतिशतले वृद्धि गरी ३ अर्ब ४० करोड ८४ लाख २ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफामा १५.०८५ सुधार हुँदै २ अर्ब २६ करोड ९७ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

बैंकले १ खर्ब ५ अर्ब ६३ करोड ५७ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १ अर्ब ३८ करोड ३६ लाख ३९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसको खराब कर्जा १.३६ प्रतिशत र कस्ट अफ फन्ड ७.५४ प्रतिशत छ । बेस रेट १०.३७ प्रतिशत रहेको छ ।

सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा ४ अर्ब २ करोड ५५ लाख १ हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ७५ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३ पैसा रहेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको