Like us!
Follow us!
Connect us!
Watch us!

विजय लघुवित्तले गर्योे करिब चार करोड नाफा, यस्तो अन्य सूचक

आइतबार, १५ बैशाख २०७६, ११ : ३८ मा प्रकाशित

विजय लघुवित्तले गर्योे करिब चार करोड नाफा, यस्तो अन्य सूचक

अर्थ संसार, काठमाडौं– विजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा तीन करोड ७० लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

गत वर्षको सोही अवधिमा संस्थाले एक करोड ५४ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा भन्दा यस वर्ष संस्थाको नाफा १३९ दशमलव ८३ प्रतिशतले बढी देखिएको हो । 

गत वर्ष सात करोड ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यस वर्ष ब्याज आम्दानी पनि बढाएर ११ करोड आठ लाख ३० हजार रुपैयाँ पुर्याएको छ । भने सञ्चालन नाफा पनि पाँच करोड ११ लाख ९८ हजार रुपैयाँ पुगेको छ । संस्थाले वर्ष सञ्चालन नाफा एक करोड ६८ लाख ६९ हजार रुपैयाँ कमाएको थियो । 
संस्थाकोे प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३५ पैसा पुगेको छ । भने प्रतिसेयर नेटवर्थ एक सय ३० रुपैयाँ ८३ पैसा रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको