अर्थ संसार, काठमाडौं– एनएमबि बैंकले विश्व सम्पदा दिवसको उपलक्षमा आठौं एनएमबि बैंक हेरिटेज वाक २०१९ आयोजना गरेको छ । बैंकले विगत सात वर्षदेखि आम जनमानस तथा स्थानीय समुदायलाई सम्पदाको महत्व बुझाउनु तथा तिनको उचित संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले हेरिटेज वाक कार्यक्रम आयोजना गर्दै आएको छ ।
बैंकका संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृत सुनिल के.सीले संयुक्त रुपमा उक्त कार्यक्रमको उद्घाटन गरे । हेरिटेज वाक बैंकको सितापाइला शाखा कार्यालयबाट शुरुवात भई स्वयम्भुनाथमा पुगि समापन भएको थियो ।
स्वयम्भुनाथ परिसरमा सरसफाई तथा फोटो प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा बैंकका कर्मचारीहरुद्धारा खिचिएको देशका विभिन्न सम्पदाहरुको उत्कृष्ट फोटोहरु राखिएको थियो । साथै, बैंकले स्वयम्भु व्यवस्थापन तथा संरक्षण महासमितिका प्रतिनिधिलाई १६ थान डस्टवीन समेत हस्तान्तरण गरेकोे थियो ।
साथै बैंकले आठौं एनएमबि बैंक हेरिटेज वाक २०१९ को उपलक्ष्यमा आफ्नो सातैवटा प्रादेशिक कार्यालयहरु मर्फत विभिन्न सम्पदाहरुको सरसफाई कार्यक्रम समेत सञ्चालन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस