Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स फाइनान्सको तेस्रो त्रैमासमा करिब तीन करोड नाफा

आइतबार, १५ बैशाख २०७६, १४ : ५५ मा प्रकाशित

रिलायन्स फाइनान्सको तेस्रो त्रैमासमा करिब तीन करोड नाफा

अर्थ संसार, काठमाडौं– रिलायन्स फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा  दुई करोड ७१ लाख नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले जम्मा एक करोड ७४ लाख रुपियाँ मात्रै नाफा कमाएको थियो ।  गत वर्षको तुलनामा भन्दा यस वर्ष कम्पनीको नाफा ५५ प्रतिशतले बढी देखिएको हो । 

यता निपेक्ष संकलन तर्फ पनि कम्पनीको प्रगति राम्रो देखिएको छ । तेस्रो त्रैमास अवधिसम्मा कम्पनीले तीन अर्ब ८१ करोड निक्षेप संकलन गरेको छ भने तीन अर्ब ४६ करोड कर्जा प्रवाह भएको छ । त्यस्तै जगेडा कोषमा २६ करोड २८ लाख जम्मा गरेको छ । 
कम्पनीको चुक्तापूँजी रू. ७४ करोड ३२ लाख रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको