अर्थ संसार, काठमाडौँ– नेपाल बैंकल चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस वर्षको नौं महिनाको अवधिमा बैंकको खुद नाफामा गिरावट आएको छ ।
चालु आर्थिक वर्षको तेस्रा त्रैमास अवधिमा बैंकले जम्मा दुई अर्ब २४ कारोड ५५ लाख ७६ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५६ करोड ७७ लाख २७ हजार रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा यस वर्ष बैंकको खुद नाफामा १२ दशमलव ५४ प्रतिशतले गिरावट आएको हो ।
बैंकले यस वर्षको नौं महिनाको अवधिमा सञ्चालन नाफामा पनि घाटा बेहोरेको छ । अघिल्लो वर्षको तेस्रो त्रैमास अवधिमा तीन अर्ब ६१ करोड ६६ लाख आठ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको बैंकले यस वर्ष तीन अर्ब १२ कारोड ३३ लाख ६२ हजार रुपैयाँ मात्रै कमाएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक खर्ब पाँच अर्ब ६३ करोड २६ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८८ अर्ब १९ करोड १२ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसको खरब कर्जा २ दशमलव ७१ प्रतिशत रहेको छ ।
यता, बैंककोे खुद ब्याज आम्दानी भने शन्तोषजनक देखिएको छ । यस वर्ष ४ अर्ब ७२ करोड ५२ लाख ५५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले चार अर्ब ५५ करोड ५१ लाख सात हजार रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी ३ दशमलव ७३ प्रतिशतले बढि देखिएको छ । बैंककोे यो नौं महिनाको अवधिमा नौं अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
त्यस्तै जगेडा कोषमा बैंकले १५ अर्ब ६१ करोड १० लाख ५४ हजार रुपैयाँ जम्मा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले जगेडा कोषमा १५ अर्ब २३ करोड ३६ लाख ८६ हजार रुपैयाँ जम्मा गरेको थियो । गत वर्षको तुलनामा बैंकको जगेडा कोषको आकार पनि २ दशमलव ४७ प्रतिशले वृद्धि भएको हो ।
यस अवधिमा बैकको खुद नाफा घट्दा प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो वर्षको सोही अवधिमा ४२ रुपैयाँ ५७ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको यस वर्ष जम्मा ३० रुपैयाँ ५२ पैसामा सिमित रहेको छ । गत वर्षको तुलनामा १२ रुपैयाँ ५ पैसाले प्रतिसेयर आम्दानी घटेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस