Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति लाइफको अध्यक्षमा नन्द किशोर शर्मा नियुक्त

मंगलबार, १७ बैशाख २०७६, ०८ : ०६ मा प्रकाशित

ज्योति लाइफको अध्यक्षमा  नन्द किशोर शर्मा नियुक्त

अर्थ संसार, काठमाडौं– लाइफ इन्स्योरेन्स माझ आफ्नो छुट्टै स्थान बनाउ सफल  ज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा नन्द किशोर शर्मा नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्षमा चयन गरेको हो । नव नियुक्त अध्यक्षले बीमा समितिबाट शपथ लिए पश्चात अध्यक्षको कार्यभार सम्हाल्नेछन् ।
 
शर्माले आइसीएफसी फाइनान्सको सञ्चालकको रुपमा काम गरिसकेका छन् । यस्तै, विभिन्न जीवन बीमा तथा वित्तीय संस्थाहरुमा सञ्चालक तथा प्रबन्ध निर्देशकको रुपमा लामो कार्य अनुभव रहेको छ । यसअघि ज्योति लाइफको अध्यक्षमा पशुपति मुरारका रहेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको