Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफद्वारा मृत्यु दाबी भुक्तानी वापतको १८ लाख प्रदान

मंगलबार, १७ बैशाख २०७६, ०८ : ४५ मा प्रकाशित

सिटिजन लाइफद्वारा मृत्यु दाबी भुक्तानी वापतको १८ लाख प्रदान

अर्थ संसार, काठमाडौं–  सिटिजन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी वापत रु १८ लाख बराबरको रकम भुक्तानी गरेको छ ।

कम्पनीले दुबईमा बसोबास गर्दै आएका गोकर्ण खत्रीको असामयिक निदन भएकोकारण उहाँको श्रीमतीलाई उक्त्त रकम भुक्तानी गरेको हो।

घातक रोग अन्तर्गतको ब्रेनट्युमर भएपश्चात मृतक स्वयमलाई कम्पनीले उपचारको लागि रु५ लाख प्रदान गरेको थियो।उपचारको क्रममा निजको मृत्यु भएपछि कम्पनीले मृतकका श्रीमती जानकि दांगीलाई रु१३ लाख प्रदान गरेकोछ।

दुबईमा घातक रोगको उपचार गराउँदै आएका खत्री थप उपचारको लागि नेपाल आएकाथिए । अपरेशनकै क्रममा मृत्यु भएको खत्रीको परिवारलाई कम्पनीले मृत्यु पश्चात् दाबी भुक्तानी स्वरुप रु.१३ लाखर यस अघि उपचारको लागि रु

५लाख गरी कुल १८ लाख हस्तान्तरण गरेको थियो । सिटिजन लाइफको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौड्यालले जानकी दांगीलाई सो चेक प्रदान गर्नु भएको थियो ।

ग्राहक

वर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लस जस्ता नवीन तथा नौलो योजनाहरुले ग्राहकहरुको मन जित्न सफल भएको छ।

जीवन सारथी योजना अन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन भने क्रिटिकल केयर प्लस मार्फत बीमितले सर्वाधिक २० घातक रोगहरु विरुद्ध ५० लाख सम्मको औषधि उपचार खर्च प्राप्त गर्नेछन्।

नेपालभर फैलिएका ग्राहकहरुलाई सेवा प्रदान गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालका ७० विभिन्न ठाँउहरुमा आफ्नो शाखा विस्तार गरेको छ। साथै कम्पनीले हालसालै सिटिजन वार्षिक अग्रिम भुक्तानी बीमा योजना सार्वजनिक गरेको थियो।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको