Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको सुर्य विनायक शाखा कार्यालयको उद्घाटन

मंगलबार, १७ बैशाख २०७६, ०८ : ५८ मा प्रकाशित

गरिमा विकास बैंकको सुर्य विनायक शाखा कार्यालयको उद्घाटन

अर्थ संसार, काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले सोमबार सुर्य विनायक, भक्तपुर शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।  उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक भुवन कंडेलले गर्नुभएको हो ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र २६ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न स्थानमा थप १५ शाखा कार्यालय स्थापना गर्दैछ ।

विकास बैंकले आर्थिक बर्ष २०७५÷७६ को त्रैश्रो त्रेमासको अन्तसम्ममा रु.३० अर्ब ३६ करोडनिक्षेप संकलन गरी रु.२६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ ।उक्त अवधिसम्ममा विकास बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफाआर्जन गरेको छ ।                                                                                     
    

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको