Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफले गर्यो मृत्यु दावीको रकम भुक्तानी

मंगलबार, १७ बैशाख २०७६, १२ : ११ मा प्रकाशित

गुराँस लाइफले गर्यो मृत्यु दावीको रकम भुक्तानी

अर्थ संसार, काठमाडौं– गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी रकम मृतक परिवारलाई भुक्तानी गरेको छ ।

कम्पनीको शाखा कार्यालय लालबन्दीमा गुराँस सावधिक जीवन बीमा अन्तर्गत रु. ५ लाख को बीमा गराई जम्मा ५ किस्ता वापत रु.१,८१,६४५।– भुक्तानी  गरेको हो । 

लालबन्दी नगरपालीका वडा नं. १७, रानीगंज , सर्लाही निवासी बीमीत  विष्णु राज श्रेष्ठको मोटर साइकल दुर्घटनमा परि मृत्यु भएको दावी भुक्तानी वापतको रकम बीमीतको श्रीमती  रेखा जोशीलाई रु. ११,०८,५०२।– कम्पनीको शाखा कार्यालय लालबन्दीका शाखा प्रमुख, बरिष्ठ अधिकृत श्रीमती लोक कुमारी काफ्ले उपस्थीत एक कार्यक्रमका बीच लालबन्दी नगरपालीका वडा नंं. १७ का वडा अध्यक्ष  नवराज अधिकारी र उद्मोग वाणिज्य सघंका अध्यक्ष कल्याण जोशीले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको