Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफ र सनराइज बैंकबीच अस्योरेन्स सम्झौता

मंगलबार, १७ बैशाख २०७६, १८ : ०३ मा प्रकाशित

आइएमई लाइफ र सनराइज बैंकबीच अस्योरेन्स सम्झौता

अर्थ संसार, काठमाडौ– आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सनराइज बैंक लिमिटेड काठमाडौँबीच बैंक अस्योरेन्स सम्झौता भएको छ ।

उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र सनराइजबैंक लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत  रत्न राजबज्राचार्यले हस्ताक्षर गर्नुभएको छ ।

सो बैंक अस्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंककाग्राहकहरुले सनराइज बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमाआइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्तगर्न सक्नु हुनेछ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ७४ शाखाहरु मार्फत सेवाप्रदानगर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमाल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ ।

आइ.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्द ान्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको