Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सको नाफा घट्दा यस्ता देखिए अन्य सुचक

बुधबार, १८ बैशाख २०७६, ११ : ४१ मा प्रकाशित

सेन्ट्रल फाइनान्सको नाफा घट्दा यस्ता देखिए अन्य सुचक

अर्थ संसार,काठमाडौं – सेन्ट्रल फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिमा नाफा आर्जन गर्न सकेको छैन । कम्पनीले सार्वजानिक गरेको तेस्रो त्रैमास अवधिको वित्तिय विवरण अनुसार यस अवधिमा  ३ करोड २४ लाख ८७ हजार मात्रै नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा सेन्ट्रलले ४ करोड ५३ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा यस वर्षको नाफा  २८ दशमलव ३७ प्रतिशतले ओरालो लागेको हो । 

सेन्ट्रलले यस वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब २६ करोड १९ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४ करोड ५० लाख ६७ हजार रुपैयाँ रुपैयाँ कर्जा प्रवाह गरेको छ । खराब कर्जा शुन्य दशमलव ८९ प्रतिशतबाट बाट बढेर ३ दशकलव १६ प्रतिशतमा पुगेको छ । 

यता, खुद ब्याज आम्दानीमा भने सेन्ट्रलको सन्तोषजनक स्थिती रहेको छ । गत वर्ष ८ करोड ५८ लाख १६ हजार रहेको खुद ब्याज आम्दानी यस त्रैमासमा ११ करोड ९७ लाख ५१ हजार पुगेको हो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी ३९ दशमलव ५४ प्रतिशतले बढेको छ । 

त्यसैगरी कम्पनीको सञ्चालन नाफामा गिरावट आएको छ । सञ्चालन नाफा गत वर्ष भन्दा १८ दशमलव ६५ प्रतिशतले घटेर ४ करोड ८८ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ । भने नौं महिना अवधिमा कम्पनीको चुक्ता पुँजी ८२ करोड ३३ लाख ९८ हजार रहेको छ । 

गत वर्ष २० करोड ९ लाख ९८ हजार रहेको रिजर्भ कोष यस वर्ष घटेर १४ करोड ३३ लाख १९ हजार रुपैयाँमा आएको छ । यस्तै, प्रतिसेयर आम्दानी ५ रुपैयाँ २६ पैसा (वार्षिक) रहेको सेन्ट्रलको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ४१ पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको