अर्थ संसार, काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्रीय विवरण सार्वजनिक गरेको छ । संस्थाले यस अवधिमा २१ प्रतिशतले नाफा बढाएर २८ करोड ५५ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा यस संस्थाले २३ करोड ५९ लाख ५७ हजार मात्रै रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाले तेस्रो त्रैमास अवधिसम्ममा सात अर्ब ७६ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब १३ करोड ४९ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । भने खुद ब्याज आम्दानीेर ७६ करोड ९० लाख २४ हजार रुपैयाँ पुगेको छ । संस्थाले गत वर्षको सोही अवधिमा जम्मा ६२ करोड ५४ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्षको तुलनामा यस संस्थाको खुद ब्याज आम्दानी २२ दशमलव ९४ प्रतिशतले बढि हो ।
संस्थाले यस वर्ष सञ्चालन नाफा पनि बढाएको छ । अघिल्लो वर्ष ३६ करोड ८९ लाख ८३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको संस्थाले यस वर्ष ४४ करोड ७५ लाख ९४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको बनाएको छ । गत वर्षको तुलनामा यस वर्ष संस्थाको सञ्चालन नाफा २१ दशमलव ३० प्रतिशतले बढेको होे ।
त्यस्तै संस्थाले यस अवधिमा जगेडा कोषमा ९८ करोड ७९ लाख ७४ हजार रुपैयाँ जम्मा गरेको छ । गत वर्ष संस्थाको जगेडा कोषमा ८१ करोड ५५ लाख १६ हजार रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष संस्थाले जगेडा कोषको आकार २१ द्यशमलव १४ प्रतिशतले बढाएको हो । यस अवधिसम्ममा लघुवित्तको चुक्ता पुँजी ६२ करोड ८८ लाख ८८ हजार रुपैयाँ रहेको छ ।
यस लघुवित्तको प्रतिसेयर आम्दानी २ रुपैयाँले घटेर ६० रुपैयाँ ५३ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ५३ पैसा थियो । भने प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ १० पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस