अर्थ संसार, काठमाडौं - नेपाल बैंकले वैशाख २२ गते आइतबार वार्षिक साधारण सभा गर्ने भएको छ । सभा नेपाल (एपीएफ) क्लब, हलचोक काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।
उक्त दिन बैंकले साधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा रहेको छ । सभामा २०७५ असार मसान्तसम्मको लेखापरीक्षण विवरण पेश गरिनेछ । आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान हिसाब, नगद प्रभाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरुमा छलफल गरी अनुमोदन गर्ने एजेन्डा राखिएका छन् ।
साधारण सभा प्रयोजनका लागि नेपाल बैंकले वैशाख ९ गते बुक क्लोज गरेको छ । वैशाख ८ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् । नेपाल बैंकले यसपटक सेयरधनीलाई लाभांश भने नदिने भएको हो । यसर्थ, लगानीकर्ताको हात भने खाली हुने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस