Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्सुरेन्सले ६० प्रतिशत हकप्रद सेयर जारी गर्दै, बुक क्लोज कहिले हुने ?

आइतबार, २२ बैशाख २०७६, १३ : ०७ मा प्रकाशित

एनएलजी इन्सुरेन्सले  ६० प्रतिशत हकप्रद सेयर जारी गर्दै,  बुक क्लोज कहिले हुने ?

अर्थ संसार,काठमाडौं - एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडले ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको बैशाख २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीले १० बराबर ६ को अनुपातमा अर्थात ६० प्रतिशत हकप्रद शेयर जारी गर्न आगामी जेठ १४ गते बिशेष साधारण सभा आह्वान गरेको छ  । साधारण सभाका प्रयोजनका लागि कम्पनीले जेठ ६ गते १ दिनलाई बुक क्लोज गर्ने भएको छ ।


कम्पनीको हालको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार पुग्नेछ ।

5cce91c54533d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको