Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको नौं महिनाको कमाई ६० करोड २० लाख

आइतबार, २२ बैशाख २०७६, १३ : २४ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको नौं महिनाको कमाई ६० करोड २० लाख

अर्थ संसार, काठमाडौं - मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय  सार्वजनिक गरेको छ।  बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा खुद नाफा  ४० दशमलव ११ प्रतिशतले  बढेर ६० करोड २० लाख खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले ४२ करोड ७५ लाख मात्रै नाफा आर्जन गरेको थियो। 

त्यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ।  अघिल्लो वर्षको तेस्रो त्रैमास अवधिमा ८८ करोड २८ लाख खुद ब्याज आम्दानी गरेको मुक्तिनाथ बैंकले यस अवधिमा एक अर्ब २९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। गत वर्षको तुलनामा  आम्दानि  ४६ दशमलव २६ प्रतिशतले  वृद्धि भएको हो।  बैंकले जगेडा कोषमा पनि एक अर्ब ५ करोड सञ्चित गरेको छ। 

त्यसैगरी बैंकको चुक्ता पूँजी ३ अर्ब ६ करोड ४७ लाखे छ भने निक्षेप संकलनतर्फ ४१ अर्ब ८० करोड रहेको छ। बैंकको निष्क्रिय कर्जा अनुपात ०.०३ प्रतिशत पुगेको छ। 

बैंकको खुद नाफामा सुधार आएसँगै प्रतिशेयर आम्दानीमा पनि ६ रुपैयाँ १९ पैसाले सुधार भएकोे छ । गत आवको तेस्रो त्रैमासमा २२ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी २६ रुपैयाँ १९ पैसा रहेको थियो ।  छ भने प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३३ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको