अर्थ संसार, काठमाडाै - सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ७९ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस संस्थाले गत वर्षको सोही अवधिमा १ करोड ३७ लाख ४३ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । यस संस्थाले गत वर्षको तुलनामा भन्दा यस वर्ष ३० दशमलव ६१ प्रतिशतले नाफा वृद्धि गरेको हो।
चालु आथिृक वर्षको ९ महिनामा लघुवित्तले खुद ब्याज आम्दानी १५ दशमलव १९ प्रतिशतले बृद्धि गरी ५ करोड ३६ लाख ६७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष ४ करोड ६५ लाख ८९ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
चालु आर्थिक वर्षको चैतसम्ममा लघुवित्तले ३३ करोड ८ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरेर ८९ करोड ७५ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
खराब कर्जा ० दशमलव ३८ प्रतिशतले घटेर १ दशमलव ४० प्रतिशत पुगेको छ । गत वर्ष संस्थाको खराब कर्जा १ दशमलव ७८ प्रतिशत रहेको थियो । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९४ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १ सय ४८ रुपैयाँ ९६ पैसा रहेको छ।
यस संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस