Like us!
Follow us!
Connect us!
Watch us!

नौं महिनाको अवधिमा एनएमबि बैंकको खुद आम्दानी १ अर्ब ६५ करोड माथि

सोमबार, २३ बैशाख २०७६, १२ : १६ मा प्रकाशित

नौं महिनाको अवधिमा एनएमबि बैंकको खुद आम्दानी १ अर्ब ६५ करोड माथि

अर्थ संसार,काठमाडौं - एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ।  एनएमबिले चालु आर्थिक वर्षको नौं महिनाको अवधिसम्ममा १ अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोहि अवधिमा यस बैंकले १ अर्ब ३७ करोड ६६ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो।  गत वर्षको तुलनामा यस वर्ष बैंकको नाफा १९ दशमलव ९३ प्रतिशतले बढी देखिएको हो। 

यस वर्ष बैंकले खुद ब्याज आम्दानीमा पनि राम्रो प्रगति गरेको छ।  गत वर्ष खुद ब्याज आम्दानी २ अर्ब ५ करोड १३ लाख ६३ हजार रुपैयाँ कमाएको बैंकले यस वर्ष  खुद ब्याज आम्दानी ३ अर्ब ९ करोड ४१ लाख ९९ हजार रुपैयाँ पुर्याएको हो।  गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानि ५० दशमलव ८३ प्रतिशतले वृद्धि भएको हो।  बैंकले जगेडा कोषमा पनि २ अर्ब ४३ करोड ९९ लाख १ हजार रुपैयाँ जम्मा गरेको छ। 

साथै, यो अवधिमा बैंकको वितरण योग्य नाफा ९७ करोड २१ लाख ५४ हजार रुपैयाँ पुगेको छ । भने चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६३ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा  बैंकले ९३ अर्ब ९६ करोड २६ लाख निक्षेप संकलन गरेर ८७ अर्ब २ करोड ४५ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
 
 
एनएमबिको प्रतिसेयर आम्दानी यस अवधिमा १ रुपैयाँ २४ पैसाले बढेर २२ रुपैयाँ ८९ पैसा पुगेको छ । भने  प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २२ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको