अर्थ संसार, काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले यस अवधिमा २८ करोड ७२ लाख ५८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस संस्थाले १७ करोड ७५ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो। गत वर्षको तुलनामा यस वर्ष संस्थाको नाफा ६८ दशमलव ७८ प्रतिशतले बढी हो।
खुद ब्याज आम्दानी २८.२९% ले बढेर ५८ करोड ४० लाख २९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले ४५ करोड ४८ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । संस्थाको सञ्चालन नाफा ६८.२८% ले बढेर ३८ करोड ७२ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्त सम्म डिप्रोक्सको चुक्ता पुँजी ९.९९% ले बढेर ७७ करोड ३४ करोड १० लाख रुपैयाँ पुगेको छ । यसकमो जगेडा कोष ४०.०२% ले बढेर ६४ करोड २८ लाख १२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसको जगेडा कोषमा ४५ करोड ९० लाख ७२ हजार रुपैयाँ थियो ।
यस अवधिमा संस्थाले ३ अर्ब ३४ करोड ३१ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ६३ करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । डिप्रोक्सको खराव कर्जा भने ०.०९% ले बढेर ०.८८% पुगेको छ । गत वर्ष खराव कर्जा ०.७९% थियो ।
प्रतिसेयर आम्दानी अघिल्लो वर्षको यसै अवधिको तुलनामा १५ रुपैयाँ ८८ पैसाले बढेर ४९ रुपैयाँ ५२ पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ६४ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ २७ पैसा छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस