Like us!
Follow us!
Connect us!
Watch us!

कामना बैंकले महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा पोलिसी बिक्री गर्ने

सोमबार, २३ बैशाख २०७६, १४ : १४ मा प्रकाशित

कामना बैंकले महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा पोलिसी बिक्री गर्ने

अर्थ संसार, काठमाडौं - कामना सेवा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच आइतबार संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदान प्रदान गर्ने गरी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८३ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसायप्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको