Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीबाट 'Technical Aspects of Reinsurance and emerging trends' विषयमा सेमिनार

सोमबार, २३ बैशाख २०७६, १८ : ०५ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीबाट  'Technical Aspects of Reinsurance and emerging trends' विषयमा सेमिनार

अर्थ संसार, पोखरा – नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले जे.वि.वोडा रिइन्स्योरेन्स व्रोकर भारतको सहकार्यमा वैशाख २१ देखि २५ गते पाँच दिने ''Technical Aspects of Reinsurance and emerging trends'' विषयमा आवासिय सेमिनार कार्यक्रम सञ्चालन भएको छ । 

उक्त कार्यक्रमको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाँई तथा पुनर्बीमा कम्पनीका अध्यक्ष महेश कुमार गुरागाँईले संयुक्त रुपमा पोखरा, कास्कीमा समुदघाटन गरे । 


बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाँईले देशको बीमाक्षेत्रले क्रमशः फड्को मार्दै गएको र आगामि केही वर्षमा उल्लेख्य जनताहरु बीमासंग जोडिने वताउदै छोटो समयमा पुनर्बीमा कम्पनीले गरेको प्रगति, आर्जन गरेको विश्वास र बीमाक्षेत्र विकासमा गरेको योगदानका लागि धन्यवाद दिए । 


त्यसैगरि कम्पनीका अध्यक्ष महेश कुमार गुरागाँईले बीमा क्षेत्रको समस्याहरु प्हिचान गरि सो समस्यालाई समाधन गर्न बीमा समितिले नियामक निकायको हैसियतले प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने बताए । 


कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले पुनर्बीमा कम्पनीलाई यहाँसम्म ल्याउन बीमा समितिले गरेको सहयोगको लागि धन्यवाद दिए ।

साथै सोही अवसरमा कम्पनीको सम्पुर्ण कारोवारको लागि तयार गरिएको ध्भद द्यबकभ क्यातधबचभ को समेत बीमा शुभारम्भ भएको थियो । 

उक्त सेमिनारमा अन्तर्राष्ट्यि स्तरका प्रशिक्षक रहेको र नेपालका सम्पुर्ण निर्जीवन बीमा कम्पनी, बीमा समितिहरुको सहभागिता रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको